Pura Samachar

नेपाल पुलिस क्लबकाे ११ औं जित

प्रकाशित: June 4, 2023
पूरा समाचार

नेपाल पुलिस क्लबकाे ११ औं जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले उपाधि दाबेदार मछिन्द्र फुटबल क्लबलाई हराएको छ ।

च्यासल मैदानमा आइतबार पुलिसले मछिन्द्रलाई २-१ गोल अन्तरले हराएको हो ।

पुलिसको जितमा मोसेस ग्याबाह त्वामले दुई गोल गरे ।

मछिन्द्रका आफिज ओलावालेले एक गोल गरे ।

पुलिसले एक गोलको अग्रता उल्टाएर मछिन्द्रलाई हराएको हो ।

खेलको २७ औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, ७५ औं मिनेटमा मोसेसले फ्रिकिक मार्फत गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा मोसेसले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २-१ को जित दिलाए ।

पुलिसको यो ११ औं जित हो ।

पुलिस २४ खेलमा ३७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यस हारले मछिन्द्रको उपाधि होडमा धक्का पुगेको छ ।

मछिन्द्र २४ खेलमा ३९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया