Pura Samachar

एनआरटी र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडे

प्रकाशित: June 4, 2023
पूरा समाचार

एनआरटी र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडे

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार एनआरटी र हिमालयनले १-१ गोलको बराबरी खेलेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने हिमालयनले बनाएको थियो । तर, हिमालयनले त्यसलाई जोगाउन सकेन ।

खेलको ५२ औं मिनेटमा दिवस उराउले गोल गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ५५ औं मिनेटमा दिपेश आले मगरले गोल गर्दै एनआरटीलाई १-१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै एनआरटीले २४ खेलमा ३० अंक जोडेको छ ।

हिमालयनले २४ खेलमा ३१ अंक जोडेको छ ।

प्रतिक्रिया