Pura Samachar

उपचार नपाएर कोरोना सङ्क्रमितको अकालमै मृत्यु हुने अवस्था आउन दिनुहुन्नः अध्यक्ष यादव

प्रकाशित: November 2, 2020

उपचार नपाएर कोरोना सङ्क्रमितको अकालमै मृत्यु हुने अवस्था आउन दिनुहुन्नः अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उपचार नपाएर कोरोना सङ्क्रमितको अकालमै मृत्यु हुने अवस्था आउन दिन नहुने बताएका छन् ।



सङ्क्रमणबाट यही कातिक ११ गते मृत्यु भएका संविधानसभाका पूर्वसदस्य एवं पार्टीका प्रदेश कमिटी सदस्य मानपुर चौधरीको परिवारलाई समवेदना  दिने क्रममा उनले जनताले सबैले निःशुल्क उपचार पाउनुपर्ने मौलिक हकलाई कसैले उलङ्घन गर्न नहुने बताए ।

पूर्व स्वास्थ्यमन्त्री यादवले सरकारले तत्काल ठोस कदम चालेर निःशुल्क र सहज परीक्षण र उपचार गर्नुपर्ने बताए ।

प्रतिक्रिया