Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: June 7, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौं- बुधबार सुनको मूल्य दुई सय रूपैयाँले बढेको छ।  बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार एक सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने आज स्थिर छ। महासंघका अनुसार मंगलबार प्रतितोला एक हजार चार सय २० रूपैयाँ मूल्य तोकिएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रतिक्रिया