Pura Samachar

एकदिवसीय विश्वकप छनोट: नेपाली टोलीले अभ्यास खेलमा आज स्कटल्यान्डसँग खेल्दै

प्रकाशित: June 8, 2023
पूरा समाचार

एकदिवसीय विश्वकप छनोट: नेपाली टोलीले अभ्यास खेलमा आज  स्कटल्यान्डसँग खेल्दै

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको अन्तिम तयारीका लागि दक्षिण अफ्रीकामा रहेको नेपाली टोलीले अभ्यास खेलमा आज बिहिबार स्कटल्यान्डसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो सवा १ मा सुरु हुनेछ।

अन्तिम तयारीको लागि दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीले दोस्रो अभ्यास खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

अभ्यास खेल हुँदा नेपालले आफ्ना ब्याटर र बलर दुबैलाई राम्रोसँग प्रयोग गर्नसक्छ । विश्वकप छनोट अघि आफ्नो उत्कृष्ट प्लेइङ ११ खोज्नेछ ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो

प्रतिक्रिया