
काठमाडौं। सुनको मूल्य फेरि फेरि प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ भएको छ। साताको तेस्रो दिन कायम मूल्यमा शुक्रबार पुनः फर्किएको हो भने अघिल्लो दिनका तुलनामा ८ सय रुपैयाँको बढोत्तरी हो।
अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बलियो भएको छ। नेपाली बजारमा बिहीबार प्रतितोला १ लाख ११ हजार ७ सय थियो। साताको पहिलो र दोस्रो दिन तोलाको १ लाख ११ हजार ६ सयमा स्थिर थियो।
९ सयको बढोत्तरीपछि मंगलबार १ लाख १२ हजार ५ सय भएको थियो। त्यसमा बुधबार पुनः २ सय बढेको थियो भने बिहीबार एक हजार रुपैयाँ घटेर मूल्य कायम भएको थियो।
शुक्रबार सुनसँगै चाँदी पनि बढेर प्रतितोला १४ सय ५५ रुपैयाँ भएको छ। बुधबारका तुलनामा ५ रुपैयाँ घट्दा बिहीबार तोलाको १४ सय १५ रुपैयाँ थियो। साताको अन्तिम दिन ४० रुपैयाँको बढोत्तरी भएको हो। शुक्रबार कायम कारोबार मूल्य यो महिना हालसम्मकै उच्च हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा बढोत्तरी छ। बुधबार प्रतिऔंस १९५८.५२ डलर रहेको सुन घट्दै बिहीबार १९४६.९४ डलरमा कारोबार भएको थियो। शुक्रबार प्रतिऔंस १९६२.९२ डलर पुगेको छ।
चाँदी बिहीबार बुधबार प्रतिऔंस २३.४७ र बिहीबार २३.५९ डलर थियो। शुक्रबार २४.२५ डलर भएको छ।
प्रतिक्रिया