Pura Samachar

नेपाल पुलिस क्लबकाे जित

प्रकाशित: June 9, 2023
पूरा समाचार

नेपाल पुलिस क्लबकाे जित

काठमाडौं ।  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबले जित निकालेको छ ।

च्यासल मैदानमा शुक्रबार पुलिसले सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।

पुलिसको जितमा अहमद हिजाजीले निर्णायक गोल गरे । हिजाजीले खेलको २१ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै पुलिस लिगको सुखद अन्त्य गरेको छ । पुलिसले २६ खेलमा ४१ अंक जोड्यो ।

पुलिसले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको छ ।

सातदोबाटोले हारबाट सिजनको अन्त्य गरेको छ ।

सातदोबाटोले २६ खेलमा ३५ अंक जोडेको छ ।

सातदोबाटो पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया