Pura Samachar

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कप रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा

प्रकाशित: June 10, 2023
पूरा समाचार

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कप  रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा

काठमाडौं । हङकङमा आयोजना एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपका लागि नेपालले टिम घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रतियोगिताका लागि रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा गरेको हो ।

प्रतियोगिता १२ जुन देखि २१ जुन सम्म हङकङमा हुँदैछ ।

थाईल्यान्डले भिसा समस्याका कारण नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

भारत र पाकिस्तानको भने प्रतियोगितामा ‘ए’ टोली पठाउने छन् । नेपाल र हङकङको भने सिनियर टोली नै सहभागी रहने छ ।

नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल नेपालले १५ जुनमा भारतसँग खेल्नेछ । नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

समूह ‘बी’ मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ए टोली छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।

नेपाली टोली –

 

ubro

प्रतिक्रिया