Pura Samachar

जाजरकोटमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु

प्रकाशित: June 10, 2023
पूरा समाचार

जाजरकोटमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु

जाजरकोट । जाजरकोटमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

मृत्यु‌ हुनेमा भेरी नगरपालिका-१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेका छन् ।

उनीहरूको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

प्रतिक्रिया