Pura Samachar

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित: June 11, 2023
पूरा समाचार

सुनचाँदीको मूल्य स्थिर

२०८० जेठ २८ गते काठमाडौं। साताको पहिलोदिन सुनचाँदीको मूल्य स्थिर छ।आइतबार सुन प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँमा रहेको छ। शुक्रबार सुन तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य आइतबार घटबढ भएको छैन। शुक्रबार चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १४ सय ५५ रुपैयाँ पुगेको थियो।

पछिल्लो समय भन्सार दरका र अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव भइरहँदा स्थानीय बजारमा सुनको कारोबारमा कमी आएको सुनचाँदी व्यवसायीहरुले बताएका छन्।

अन्तराष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ।आइतबार सुन प्रतिऔंस १९६०.७५ डलरमा कारोबार भइरहेको छ।यसैगरी चाँदी प्रतिऔंस २४.२८ डलर छ। शुक्रबार यहि मूल्य कायम थियो।

प्रतिक्रिया