Pura Samachar

ज्ञानबहादुर शाही(ज्ञानेन्द्र)ले प्रधानमन्त्रीको राजिनामा मागे

प्रकाशित: June 11, 2023
पूरा समाचार

ज्ञानबहादुर शाही(ज्ञानेन्द्र)ले प्रधानमन्त्रीको राजिनामा मागे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही(ज्ञानेन्द्र)ले प्रधानमन्त्रीको राजिनामा मागेका छन् ।

आज बजेटमाथि छलफल सकिएलगत्तै सभामुखसँग समय लिएर बोल्दै प्रमुख सचेतक शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता भएको भन्दै राजिनामा मागेका हुन् ।

शाहीले युद्ध अपराधको मुद्दामा प्रधानमन्त्रीलाई सर्वोच्च अदालतले जेठ ३० गते बोलाएको भन्दै अदालत जानुअघि पदबाट राजीनामा दिनुपर्ने माग गरे । प्रमुख सचेतक शाहीले व्यक्तिगत रुपमा प्रचण्ड युद्ध अपराधमा दोषी भए पनि देश हुन नसक्ने भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएर अदालतमा जानुपर्ने जिकिर गरे ।

प्रतिक्रिया