Pura Samachar

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

प्रकाशित: June 12, 2023
पूरा समाचार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं- सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सोमबार सुनको मूल्य प्रतितोला एक सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेको छ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार सय र तेजाबी सुनको मूल्य एक लाख ११ हजार ८ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार चार सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया