Pura Samachar

सोमबार सेयर बजार सामान्य अंकले वृद्धि

प्रकाशित: June 12, 2023
पूरा समाचार

सोमबार सेयर बजार सामान्य अंकले वृद्धि

२०८० जेठ २काठमाडौं। सोमबार सेयर बजार सामान्य अंकले वृद्धि हुँदा समेत होटलका सेयर तीव्र रुपमा बढेका छन्। सूचक ७.७९ अंक बढ्दा होटल तथा पर्यटन उपसमूहले १० प्रतिशतभन्दा बढीको फड्को मारेको छ।

कालिन्चोक दर्शन, सिटी होटल र चन्द्रागिरी हिल्स गरेर तीनवटा सेयरमा पोजिटिभ सर्किट नै लाग्यो।

यस्तै सबैभन्दा बढी किनबेच भएको सोल्टी होटलको सेयर ८.४७ प्रतिशत बढेको छ। सेयर मूल्य ३७५ रुपैयाँ नाघेको हो। तारागाउँ रिजेन्सी ५ र ओरियन्टल होटल ३.६९ प्रतिशत बढेका छन्।

बजारमा व्यापक उतारचढाव आयो। ३१ अंकले सूचक घटबढ भएको हो। २००३ सम्म उक्लिसकेको सूचक अन्तत: १९८७.८७ को विन्दुमा कायम छ।

उतार चढावका बाबजुद कारोबार भने अघिल्लो दिनको तुलनामा सुस्त रह्यो। हिजो साढे ३ अर्ब हाराहारी कारोबार भएकोमा सोमबार २ अर्ब ८८ करोड रुपैयाँको मात्रै किनबेच छ।

प्रतिक्रिया