Pura Samachar

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

प्रकाशित: June 13, 2023
पूरा समाचार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं- सोमबार घटेको सुनचाँदीको मूल्यमा मंगलबार सामान्य वृद्धि भएको छ। मंगलबार सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले बढेको हो।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार एक सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला एक हजार चार सय ५० रूपैयाँ तोकिएको छ।

प्रतिक्रिया