Pura Samachar

युएई विश्वकप छनोटको वार्मअप खेलमा नेपाललाई हरायाे

प्रकाशित: June 14, 2023
पूरा समाचार

युएई  विश्वकप छनोटको वार्मअप खेलमा नेपाललाई हरायाे

काठमाडौं । युएईले आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा नेपाललाई हराएको छ ।

हरारेमा मंगलबार भएको खेलमा युएई ३ विकेटले विजयी भएको हो ।

नेपालले दिएको २ सय ७७ रनको लक्ष्य युएईले ४९ दशमलब ५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

युएईको जितमा रोहन मुस्ताफाले अविजित ७९ रनको अर्धशतकीय ईनिङ खेले । उनले १ छक्का र ९ चौका प्रहार गरे ।

यस्तै, अर्यन्स शर्माले ५० रन बनाउँदा रमिज सहजादले ४३ रन बनाए । आशिफ खानले ३६ रन बनाएका थिए ।

नेपालका करण केसी र ललित राजवंशीले समान २/२ तथा सोमपाल कामी, गुल्सन झा र कुशल मल्लले समान १/१ विकेट आफ्नो नाम गरे ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ४९ दशमलब ५ ओभरमा अलआउट हुदै २ सय ७६ रन बनाएको थियो ।

नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ५७ रनको अर्धशतकीय ईनिङ खेले । नेपालले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेको थियो ।

नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ब्यक्तिगत ३९ रनको स्कोरमा १९ औं ओभरको दोस्रो बलमा गुमाएको थियो ।

कुशल मल्लले ४६ रन, बनाउँदा आरिफ शेख ३५ रन बनाएका थिए । सोमपाल कामी १५ रन तथा गुल्शन झा र दिपेन्द्र सिंह ऐरीले समान ८/८ रनको योगदान गरे ।

नेपालले बिहीबार दोस्रो वार्मअप खेलमा ओमानसँग खेल्नेछ । आजै सम्पन्न अन्य अभ्यास खेलहरुमा आयरल्याण्डले अमेरिकालाई ५ विकेटले, वेस्टइन्डिजले स्कटल्याण्डलाई ९१ रनले तथा जिम्बाब्वेले ओमानलाई २८ रनले पराजित गर्यो।

जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो । तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो ।

दुवै अभ्यास खेलमा नेपालले हार व्यहोरेको थियो । अभ्यास खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स दुबैसँग नेपालले कमजोर ब्याटिङका गरेको थियो ।

नेपाल र युएईबीचको पछिल्लो पाँच खेलमा चार खेलमा नेपाल विजयी हुँदा एक खेल युएईले जितेको छ ।

प्रतिक्रिया