Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: June 14, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको कारोबार मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

मंगलबार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला १४ सय २५ रुपैयाँ तोकिएको छ। मंगलबार सामान्य वृद्धि हुँदै प्रतितोला १४ सय ५० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा उकालो लागेको सुनको मूल्यमा ब्रेक लागेको छ। बुधबार घट्दै सुन प्रतिऔंस १९४८.९६ डलरमा आइपुगेको छ। मंगलबार मूल्य बढ्दा १९६०.८८ डलर पुगेको थियो।

चाँदी २४.१७ डलरबाट घटेर बुधबार २३.८७ डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया