Pura Samachar

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आजबाट जिम्बावेमा सुरु हुदै,जिम्बावे र नेपाल भिड्दै

प्रकाशित: June 18, 2023
पूरा समाचार

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आजबाट जिम्बावेमा सुरु हुदै,जिम्बावे र नेपाल भिड्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आज आईतबारबाट जिम्बावेमा सुरु हुदैछ ।

पहिलो दिन घरेलु टोली जिम्बावे र नेपाल भिड्दै छन् । खेल जिम्बावेमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।

 

प्रतियोगिताको पहिलो खेलमा घरेलु टोलीलाई स्तब्ध पार्ने सोचमा नेपाल रहेको छ । उता, घरेलु भुमीमा नेपाललाई हराएर जिम्बावे पनि प्रतियोगिताको सुखद सुरुआत गर्ने लक्ष्यमा रहेको छ ।

जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल पनि हो ।

नेपाल र जिम्बावेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ ।

२०१८ मा जिम्बावेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच खेल भएको थियो ।

२०१८ को विश्वकप छनोटको समयमा नेपालसँग ओडिआई मान्यता नरहेकाले उक्त खेल लिस्ट ए मान्यताको भएको थियो ।

नेपालको जिम्बावेसँग यो खेल नै पहिलो र अन्तिम एकदिवसीय खेल रहेको छ । ४ मार्च २०१८ मा भएको उक्त खेलमा नेपाल १ सय १६ रनले पराजित भएको थियो

प्रतिक्रिया