Pura Samachar

सुनको मूल्य स्थिर

प्रकाशित: June 19, 2023
पूरा समाचार

सुनको मूल्य स्थिर

काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको पाँच रूपैयाँले घटेको छ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४ सय ५० रूपैयाँ कायम छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

आइतबारको तुलनामा पाँच रूपैयाँले घटेर चाँदी प्रतितोला एक हजार ४ सय ४० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार ४ सय ४५ रूपैयाँ तोकिएको थियो।

प्रतिक्रिया