
काठमाडौं । केहि दिन यता निरन्तर सुधार आएको सेयर बजार आज भने सामान्य करेक्सन देखिएको छ । बजारमा निरन्तर हरियाली आउँदा आज सामान्य करेक्सन देखिएको हो ।
अर्थ समितिले ब्रोकर कम्पनीको लाइसेन्स रोक्न दिएको निर्देशन फिर्ता लिने संकेतसँग लगानीकर्तामा उत्साह छाएको छ । बजारलाई प्रतिस्पर्धा बनाउने हुदाँ लाइसेन्स खुला गर्नुपर्ने लगानीकर्ताको माग रहदैं आएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.९४अकंले घटेर २०९१.३९ बिन्दुमा बन्द भएको छ । आज पूँजी २७६ कम्पनीको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँको कारोबार भएको छ ।
सोमबार ५ उपसूचकमा हरियाली देखिएको छ । आज विकास बैंक समूहको ३.४९ प्रतिशत, फाइनान्स समूहको ५.२२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ३.०८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया