
काठमाडौं : युरोकप छनोटमा फ्रान्सले अपराजित यात्रा कायमै राखेको छ।
केलियन एम्बाप्पेको कप्तानीमा रहेको फ्रान्सले ग्रिसलाई १-० गोलले हराउँदै अपराजित यात्रालाई निरन्तरता दिएको हो।
समूह ‘बी’ अन्तगर्त स्टेड डि फ्रान्समा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी रोकियो। ५५ औँ मिनेटमा फ्रान्सले पेनाल्टीको मौका पायो। कोन्सटान्टीनोस माभ्रोपानोसले एन्टोइन ग्रिजमनलाई पेनाल्टी एरियामा फल गरेपछि फ्रान्सले अग्रता बनाउने मौका पाएको थियो। जसमा एम्बाप्पेले गरेको पहिलो प्रहार गोलरक्षकले रोकेका थिए। ग्रिसका डिफेन्डर पेनाल्टी प्रहार गर्नु अघि बक्स भित्र प्रवेश गरेकाले घरेलु टोली टोलीले दोस्रो मौका पाएको थियो। जसमा एम्बाप्पले सहजै फिनिसिङ गरेका हुन्।
माभ्रो पानोसले त्यसपछि पनि रान्डल कोलो मुआनीलाई फल गरेपछि रातो कार्ड पाएर मैदान बाहिरिए। बाँकी समय ग्रिस खेलमा फर्कन सकेन। योसँगै फ्रान्स शतप्रतिशत जित दर्ता गर्न सफल भएको छ। शीर्ष स्थानको फ्रान्सको चार खेलबाट १२ अंक छ। एक खेल कम खेलेको ग्रिसको ६ अंक छ।
यस्तै सोही समूहमा भएको खेलमा नर्थन आएरल्यान्डले जिब्राल्टलाई ३-० गोलले हराउँदै अंकको खाता खोलेको छ।
गएराति नै भएको अर्को खेलमा इंग्ल्याण्डले नर्थ म्यासोडेनियालाई सात शून्यको फराकिलो अन्तरले हराएको छ। इंग्ल्याण्डका बुकयो साकाले करियरको पहिलो ह्याट्रिक गरे भने ह्यारी केनले २ गोल गरे। समूह सीमा रहेको इङ्ल्याण्ड चार खेलमा अपराजित रहँदै १२ अंक जोडेको छ।
प्रतिक्रिया