
काठमाडौं- मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला दुई सय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रूपैयाँले सस्तिएको छ।
images
images
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
images
महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार चार सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया