Pura Samachar

सेयर बजारमा पुन: गिरावट

प्रकाशित: June 20, 2023
पूरा समाचार

सेयर बजारमा पुन: गिरावट

काठमाडौं- उचाइतर्फ लागेर सोमबार स्थिर देखिएको सेयर बजार मंगलबार ओरालो लागेको छ। नवौँ कारोबारसम्म लगातार बढेर दशौँ कारोबारमा सोमबार सामान्य अंकले घटेको बजारमा मंगलबार गिरावट देखिएको हो।

मंगलबार २६.५६ अंकले घटेर बजार २०६४.८३ बिन्दुमा झरेको छ। २८ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ४ अर्ब ११ करोड रूपैयाँको कारोबार भएको छ। मं‌गलबार १९३ कम्पनीको सेयर मूल्य घटेको छ।

यो साता आइतबार ५२.२६ अंकले बढेर २०९४.३३ बिन्दुमा पुगेको बजार सोमबार २.९४ अंकले घटेर २०९१.३९ बिन्दुमा पुगेको थियो।

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्।

प्रतिक्रिया