Pura Samachar

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटायाे

प्रकाशित: June 20, 2023
पूरा समाचार

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटायाे

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । मङ्गलवार बसेको सञ्चालक समितिको बैठकले हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ १० रुपैयाँ र वाहृयतर्फ २६ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

निगमले पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर १७५, डिजेलको १५५ र ग्यासको प्रतिसिलिण्डर १८ सय रुपैयाँ छ ।

प्रतिक्रिया