Pura Samachar

पुरुष साफ च्याम्पियनसिप फुटबलआजबाट भारतमा सुरु हुँदैनेपालले ,आज बलियो टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने

प्रकाशित: June 21, 2023
पूरा समाचार

पुरुष साफ च्याम्पियनसिप फुटबलआजबाट भारतमा सुरु हुँदैनेपालले ,आज बलियो टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने

काठमाडौं । पुरुष साफ च्याम्पियनसिप फुटबलको १४ औं संस्करण आज बुधबारबाट भारतमा सुरु हुँदैछ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियम मा आयोजना हुने १४ औं साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।

यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन् ।

साफको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको नेपालले आज बलियो टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

साविक उपविजेता समेत रहेको नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ ।

यस्तै पहिलो दिन भारत र पाकिस्तानबीच समेत प्रतिस्पर्धा हुनेछ ।

नेपाल आज कुवेतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । तर, बलियो टोली कुवेतविरुद्ध नेपाली सहज हुने छैन ।

कुवेत र नेपालबीच पछिल्लो पटक गत वर्षको जेठमा प्रतिस्पर्धा भएको थियो ।

एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत कुवेतमा भएको खेलमा नेपाललाई घरेलु टोलीले ४-१ गोल अन्तरले हराएको थियो ।

नेपाल र कुवेतबीच हालसम्म ९ खेल भएको छ । जसमा ८ खेल कुवेतले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ ।

यस संस्करणको साफमा नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ ।

समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ ।

नेपालले दोस्रो खेलमा ९ असारमा आयोजक भारतसँग खेल्नेछ । यस्तै तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया