Pura Samachar

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

प्रकाशित: November 4, 2020

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा देशभर थप २० जना संक्रमितको मृत्यु भए संगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको हो ।

यसैगरि नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १ सय ४२ जना संक्रमण मुक्त भएका छन् ।

यो संगै देशभर संक्रमण मुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ जना पुगेको छ ।

प्रतिक्रिया