Pura Samachar

नेपाल जितेर पहिला फिल्डिङ गर्ने निर्णय

प्रकाशित: June 22, 2023
पूरा समाचार

नेपाल जितेर पहिला फिल्डिङ गर्ने निर्णय

हरारे– आईसीसी विश्वकप छनोट खेल अन्तर्गत अहिले १२ः४५ बजेदेखि प्रारम्भ हुने आफ्नो तेस्रो खेलमा नेपालले पहिलो पटक वेस्ट इन्डिजको सामना गर्दैछ ।

आजको खेलअघि गरिएको टस नेपाल जितेको छ र पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । टस हारेको वेस्ट इन्डिजले अब पहिला ब्याटिङ गर्नेछ ।

नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसंग पहिलो पटक खेल्न लागेको हो ।

विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्बेसंग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको छ । त्यस्तै अमेरिकालाई पहिलो खेलमा पराविजत गरेको वेस्ट इन्डिजले आज नेपालसंग दोस्रो खेल खेल्न लागेको हो ।

आजको खेलमा नेपालको तर्फबाट कुशल भूर्तेल, आशिफ शेख, भिम सार्की, रोहित पौडेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी ,सन्दीप लामिछाने तथा ललित राजवंशीले खेल्दैछन् ।

बेस्ट इन्डिजको तर्फबाट बिए किङ, केआर मायर्स, एसडी होप, निकोलस पूरन, आरएल चेस, आर पावेल, जेसन होल्डर, केएमए पाउल, एएस जोसेफ तथा एजे हुसैन खेल्दैछन् ।

प्रतिक्रिया