
काठमाडौं। सुनको मूल्य चार दिनदेखि लगातार ओरालो लागेको छ। शुक्रबार सुन तोलामा सात सय रुपैयाँले घटेको छ।
शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनका तुलनामा ५ सय घट्दा बिहीबार प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ थियो।
चाँदीको मूल्य पनि घटेको छ। २५ रुपैयाँ घट्दा शुक्रबार प्रतितोला १३ सय ३५ रुपैयाँमा आइपुगेको छ। साताको चौथो दिनका तुलनामा २५ रुपैयाँ घट्दा बिहीबार प्रतितोला १३ सय ६० रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य क्रमिक घट्दै गएको छ। बिहीबार प्रतिऔंस १९३०.०८ डलर रहेको सुन शुक्रबार प्रतिऔंस १९१७.०८ डलर छ।
चाँदीको मूल्य पनि थोरै घटेको छ। शुक्रबार चाँदी प्रतिऔंस २२.३१ डलर छ। बिहीबार प्रतिऔंस २२.३१ डलरमा कारोबार भएको थियो।
प्रतिक्रिया