Pura Samachar

अमेरिकाका क्रिकेट खेलाडी काइल फिलिपलाई बलिङ गर्नबाटनिलम्बन

प्रकाशित: June 23, 2023
पूरा समाचार

अमेरिकाका क्रिकेट खेलाडी काइल फिलिपलाई बलिङ गर्नबाटनिलम्बन

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले संयुक्त राज्य अमेरिकाका क्रिकेट खेलाडी काइल फिलिपलाई निलम्बित गरेको छ ।

अवैध बलिङ एक्सन प्रयोग गरेको भन्दै अमेरिकाका तीव्र गतिका बलर फिलिपलाई अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाका क्रिकेट खेलाडी काइल फिलिपलाई निलम्बित बलिङ गर्नबाट निलम्बन गरिएको हो ।

वेस्ट इन्डिजले उनको बलिङ एक्सको विषयमा रिपोर्ट गरेको थियो। आईसीसीले यसबारेमा छानबिन गर्दा २६ वर्षीय फिलिपले अवैध बलिङ एक्सन प्रयोग गरेको पुष्टि गरेको थियो।

उनलाई आईसीसी नियमको धारा ६.७ अनुसार तत्कालका लागि अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गरिएको आईसीसीले जनाएको छ । अब फिलिपले जबसम्म बलिङ्ग एक्सन सुधार ल्याएर वैधानिक बनाउँदैनन् तबसम्म उनीमाथिको प्रतिबन्ध कायम रहने छ ।

प्रतिक्रिया