Pura Samachar

आइतबार ६२.२१ अंकको वृद्धिसँगै बजार २११७.७३ बिन्दुमा

प्रकाशित: June 25, 2023
पूरा समाचार

आइतबार ६२.२१ अंकको वृद्धिसँगै बजार २११७.७३ बिन्दुमा

काठमाडौं- गएको साता स्थिर देखिएको सेयर बजारमा यो साता पहिलो कारोबारमा नै ठूलो वृद्धि देखिएको छ। त्यसअघिको साता पनि वृद्धितर्फ बढ्दै बजारमा लगातार ९ कारोबारमा १९३ अंकको वृद्धि देखिएको थियो। गएको साता उतारचढावमा रहेको बजारमा यो साता पनि पहिलो कारोबार नै उत्साहजनक देखिएको हो।

आइतबार ६२.२१ अंकको वृद्धिसँगै बजार २११७.७३ बिन्दुमा पुगेको छ। १८९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रूपैयाँको सेयर किनबेच भएको छ। आइतबार ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

images

गएको साता आइतबारको ५२ अंकको वृद्धिका कारण बजार ठूलो गिरावटमा नगए पनि उल्लेखनीय वृद्धितर्फ बढ्न भने सकेको थिएन। साताको अन्तिम कारोबारमा बिहीबार ४.७५ अंकले बढेर बजार २०५५.५३ बिन्दुमा पुगेको थियो। त्यससाता आइतबार ५२.२६ अंकको बजार सोमबार २.९४ अंकले घटेर २०९१.३९ बिन्दुमा पुगेको थियो। मंगलबार २६.५६ अंकले घटेको बजार बुधबार पनि १४.०५ अंकले घटेको थियो।

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्। लगानीकर्ताले नीतिगत साथ पाए बजारले पुन: उचाइको बिन्दु लिनसक्ने विश्लेषकहरू बताउँछन्। अहिलेको वृद्धिले नै उचाइतर्फ संकेत गरिरहँदा अब मौद्रिक नीतिमार्फत पनि साथ मिले बजार पुन: ३२०० को

प्रतिक्रिया