Pura Samachar

आइसीसी क्रिकेट विश्वकप क्वालिफायर: आज समुह चरणका अन्तिम दुई खेल हुदै

प्रकाशित: June 27, 2023
पूरा समाचार

आइसीसी क्रिकेट विश्वकप क्वालिफायर:  आज समुह चरणका अन्तिम दुई खेल हुदै

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत आज समुह चरणका अन्तिम दुई खेल हुदै छन् । आज समुह बि अन्तर्गत स्कटल्याण्ड र श्रीलंका तथा आयरल्याण्ड र युएईबीच खेल हुदै छन् ।

आजको खेलले सुपर सिक्सको समीकरणमा कुनै असर नगर्ने भएपनि टिमको समुहमा स्थान निर्धारण गर्ने छ भने प्लेअफ खेल्ने टिमको समीकरण तय गर्ने छ ।

दुवै समुहबाट सुपर सिक्समा पुग्ने ३-३ देशको यसअघि नै टुंगो लागिसकेको छ । समुह बि बाट श्रीलंका, स्कटल्याण्ड र ओमान तथा समुह ए बाट जिम्बाबे, नेदरल्याण्डस र वेस्टइण्डिज सुपर सिक्समा पुगिसकेका छन् ।

त्यस्तै समुह ए मा नेपाल चौथो र अमेरिका पाँचौं स्थानमा रहेर सुपर सिक्सबाट बाहिरिएका छन् । त्यस्तै समुह बि बाट आयरल्याण्ड र युएई सुपर सिक्सबाट बाहिरिएका छन् । अब नेपाल, अमेरिका, आयरल्याण्ड र युएई सातौं स्थानदेखि दशौँ स्थानका लागि प्लेअफ खेल्ने छन् । आजको खेलपछि प्लेअफको समीकरण टुंगो लाग्ने छ ।

प्रतिक्रिया