Pura Samachar

साफ च्याम्पियनसिप फुटबल: कुवेत समूह विजेता बन्दै सेमिफाइनलमा

प्रकाशित: June 28, 2023
पूरा समाचार

साफ च्याम्पियनसिप फुटबल: कुवेत समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत र आमन्त्रित टोली कुवेतले बराबरी खेल्दै अंक बाडेका छन् ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा मंगलबार आयोजक भारत र कुवेतले १-१ गोलको बराबरी खेलेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भारतले बनाएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको इन्जुरी समयमा भारतका अनवर अलीले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

यस्तै खेलको अन्तिमतर्फ दुबै टोली १० खेलाडीमा समेटिएको थियो ।

विपक्षी खेलाडीमाथि हात हालेपछि ९० औं मिनेटमा कुवेतका अहमद अल्कालफ र भारतका रहिम अलीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

त्यस्तै भारतका मुख्य प्रशिक्षक इगोर स्टामिकले पनि रातो कार्ड पाएका थिए ।

यस बराबरीसँगै समूह ‘ए’ बाट कुवेत समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

भारत भने समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ ।

कुवेतले ३ खेलमा ७ अंक जोड्यो । भारतले पनि ३ खेल ७ अंक जोडेको छ । तर, कुवेत गोल अन्तरमा भारत भन्दा अघि रह्यो  ।

यस समूहबाट नेपाल र पाकिस्तान भने समूह चरणबाट बाहिरिएको छ ।

प्रतिक्रिया