Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: June 28, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं- बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ। मंगलबार प्रतितोला दुई सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला ६ सय रूपैयाँले घटेको हो।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँच सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार प्रतितोला १० रूपैयाँले बढेको चाँदीको मूल्य भने आज स्थिर छ। मंगलबार एक हजार ३ सय ७५ रूपैयाँ तोकिएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रतिक्रिया