Pura Samachar

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगउपमहासचिव निज पियरे लाक्रोइसले गरे शिष्टाचार भेट

प्रकाशित: June 28, 2023
पूरा समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगउपमहासचिव निज पियरे लाक्रोइसले गरे शिष्टाचार भेट

१३ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र सङ्घका शान्ति कार्य (पिस अपरेसन) सम्बन्धी उपमहासचिव निज पियरे लाक्रोइसले शिष्टाचार भेट गरेका छन् ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र उपमहासचिव लाक्रोइसबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेट संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपालको योगदानलगायत नेपाल–संयुक्त राष्ट्र साझेदारीमा केन्द्रित रहेको थियो ।

प्रतिक्रिया