Pura Samachar

माल्दिभ्सलाई एक-शून्यले हराउँदै लेबनान अन्तिम चारमा

प्रकाशित: June 28, 2023
पूरा समाचार

माल्दिभ्सलाई एक-शून्यले हराउँदै लेबनान अन्तिम चारमा

काठमाडौं । साफ च्याम्पियनसिपको सेमिफाइनल लेबनान प्रवेश गरेको छ । माल्दिभ्सलाई एक-शून्यले हराउँदै लेबनान शतप्रतिशत नजितासहित अन्तिम चारमा पुगेको हो ।

लेवनान ९ अंकसहित सेमिफाइलनमा पुग्ने पहिलो टिम बन्यो । पराजित माल्दिभ्स भने बाहिरिने संघारमा छ । अन्तिम खेलमा भुटानले बंगलादेशलाई कम्तिमा दुई-शून्यले पराजित गरे माल्दिभ्स अन्तिम चारमा प्रवेश गर्नेछ ।

पहिलो हाफदेखि नै लेबनानले माल्दिभ्समाथि दबाब बनाएको थियो । माल्दिभ्सले पनि गोलका केही अवसर बनाए पनि सफल भएन । आठौं मिनेटमा इब्राहिम अस्लमले बक्स बाहिरबाट गरेको प्रहार आकाशिएपछि माल्दिभ्सले मौका गुमाएको थियो ।

२०औं मिनेटमा माल्दिभ्सले फ्रिकिक पाए पनि सही दिशामा बल प्रहार नगर्दा गोल भएन । त्यसको तीन मिनेटपछि फ्रिकिकमै लेबनानले गोल गर्दै डेडलक तोड्यो । कप्तान हसन मधुकले पेनाल्टी बक्स बाहिरबाट फ्रिकिकमा आकर्षक गोल गरेका हुन् । २५औं मिनेटमा अल अब्दिन फरानको क्रसमा मोहमद सडेकले गोल एरियाभित्र गरेको प्रहार बाहिरिएपछि लेबनानले दोहोरो अग्रताको मौका गुमाएको थियो ।

दोस्रो हाफमा माल्दिभ्सले बराबरीका केही अवसर गुमायो भने लेबनानले गोल थप्न सकेन । जितसँगै लेबनान समूह बीको शीर्ष स्थानमा रहँदै अघिल्लो चरण प्रवेश गर्‍यो । उसले सेमिफाइनलमा समूह ए को उपविजेता भारतको समाना गर्नेछ ।

प्रतिक्रिया