Pura Samachar

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार काठमाडौंबाट पक्राउ

प्रकाशित: June 30, 2023
पूरा समाचार

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार काठमाडौंबाट पक्राउ

काठमाडौं– पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार काठमाडौंबाट पक्राउ परेका छन् ।
रौनियारविरुद्ध बाँकेमा ठगी मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको आधारमा रौनियार काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रौनियारलाई नयाँ बानेश्वर वृत्तले काठमाडौंबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । बाँके प्रहरीसँगको समन्वयमा उनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको हो ।रौनियारलाई थप अनुसन्धानका लागि बाँके पठाउने तयारी गरिँदैछ ।

प्रतिक्रिया