Pura Samachar

आइसीसी एकदिवसीय विश्वकप छनोट , आज सुपर सिक्सको तेस्रो खेल हुदै

प्रकाशित: July 1, 2023
पूरा समाचार

आइसीसी एकदिवसीय विश्वकप छनोट , आज  सुपर सिक्सको तेस्रो खेल हुदै

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा आज शनिबार सुपर सिक्सको तेस्रो खेल हुदैछ ।

सुपर सिक्सको तेस्रो खेलमा स्कटल्यान्ड र वेस्ट इन्डिज भिड्दै छन् । हरारे स्पोर्टस् क्लबमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।

वेस्ट इन्डिज नेपाल रहेको समूह ए मा तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । स्कटल्यान्ड भने समूह बी को दोस्रो स्थानमा रहेर सुपर सिक्समा पुगेको हो ।

सुपर सिक्समा पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ सुरुआत गर्न चाहन्छन् । वेस्ट इन्डिजलाई विश्वकपमा छनोट हुनका लागि आजको खेल जित्नै पर्ने हुन्छ ।

यदी आजको खेलमा पराजित भएमा वेस्ट इन्डिज सुपर सिक्सबाट बाहिरिने पहिलो टोली बन्ने छ ।

स्कटल्यान्ड पनि वेस्ट इन्डिजलाई पराजित गरि विश्वकप छनोटको सम्भावना कायमै राख्न चाहन्छ ।

प्रतिक्रिया