
काठमाडाैं । चीन भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किदै हुनुहुन्छ। चीनको पाँचदिने भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठ आज (आइतबार) स्वदेश फर्किन लाग्नुभएकाे हाे ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएकाे थियाे । त्यस्तै, उहाँले त्यहाँका विभिन्न प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुभएकाे थियाे ।
भेटवार्ताका क्रममा उहाँहरूबीच दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउनेबारेमा विचार–विमर्श भएको थियो ।
थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकाहरूमा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको जनाइएकाे छ ।
प्रतिक्रिया