Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: July 2, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । आज (आइतबार) छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा खरिद बिक्री भएको छ । शुक्रबार छापावला सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा खरिद भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ९ हजार ५५० सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ खरिद भएको छ । अघिल्लो दिन १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया