
काठमाडौं। नेपाल एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ। सेमिफाइनलमा सिंगापुरलाई ९७ हराउँदै नेपाल फाईनल प्रवेश गरेको हो ।
नेपालले उपाधिका लागि मंगलबार मलेसियासँग खेल्नेछ।पहिला ब्याटिङ गरी निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर एक सय ८४ रन बनाएको नेपालले सिंगापुरलाई ३१.३ ओभरमा ८७ रनमा अल आउट गर्यो । नेपालका कृतिक कामतले तीन तथा अभिशेक तिवारी, प्रतिक पोखरेल, अशोक धामी, सन्तोष यादव र नरेन भट्टले एक–एक विकेट लिए।
यस्तै सन्तोष यादवले १८, दिपुकुमारले १२, प्रतिक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाएका थिए। यसअघि नेपालले १ सय ८४ रन बनाउँदा सुर्यांशु कोइरालाले ४३, निरजकुमार यादबले ४२ र कप्तान अभिषेक तिवारीले २५ रन जाेडेका थिए।नेपालले उपाधिका लागि हङकङ र मलेसियाबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।
प्रतिक्रिया