Pura Samachar

स्कटल्याण्डले जिम्बाबेलाई ३१ रनले हरायाे

प्रकाशित: July 4, 2023
पूरा समाचार

स्कटल्याण्डले जिम्बाबेलाई ३१ रनले हरायाे

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको सुपर सिक्समा स्कटल्याण्डले जिम्बाबेलाई पराजित गरेको छ ।

मंगलबार सम्पन्न खेलमा स्कटल्याण्डले जिम्बाबेलाई ३१ रनले पराजित गरेको हो ।

स्कटल्याण्डले दिएको २३५ रनको लक्ष्य पछाएको जिम्बाबेले ४१.१ ओभरमा अल आउट हुदै २०३ रन मात्र बनाएपछि खेल ३१ रनले गुमाएको हो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै २३४ रन बनाएको थियो ।

योसँगै स्कटल्याण्डले यस प्रतियोगितामा तीन टेस्ट खेल्ने देशलाई पराजित गरेको छ । स्कटल्याण्डले आयरल्याण्ड, वेस्टइन्डिज र जिम्बाबेलाई पराजित गरेको हो ।

यो हारसँगै जिम्बाबे विश्वकपमा छनौट हुन असफल भएको छ । यो जितपछि स्कटल्याण्डको सुपर सिक्समा ४ खेलमा ६ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै जिम्बाबेको भने ५ खेलमा ६ अंक रहेको छ र रनरेटको आधारमा पछि पर्दै तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया