Pura Samachar

सेयर बजारमा भारी गिरावट

प्रकाशित: July 5, 2023
पूरा समाचार

सेयर बजारमा भारी गिरावट

काठमाडौं । साताको तेस्रो कारोबार दिन दोहोरो अकंले सुधार आएको बजारमा फेरी राताम्य भएको छ । तीन राताम्य भएर हिजो सुधार आएको बजार टिक्न सकेन । आज बजारमा भारी गिरावट देखिएको छ ।

लगानीकर्ता सेयर बजारमा सामान्य सुधार भइरहेका बेला नाफा बुक गर्ने खोजि रहेदा बजारमा करेक्सन आइरहेको छ । बैंकिङ प्रणालीमा प्रयाप्त मात्रमा लगानीयोग्य रकम भएपनि असार मसान्तको प्रभावले बजार ओरालो लागि रहेको एक लगानीकर्ताले बताए ।

अहिले आर्थिक वर्षको अन्तिम तिर लगानीतकर्ता धमाधम सेयर बिक्री गरी रहेकाछन् । बैंकको ब्याज दिनका लागि भएपनि लगानीकर्ता सेयर बिक्री गर्ने लागि परेका हुन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.२६ अकंले घटेर २०४९.४४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७७ कम्पनीको ८० लाख ९२ हजार ९६९ कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब सात करोड ३९ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार १३ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.९० प्रतिशत, विकास बैंक समूहको १.६८ प्रतिशत, फाइनान्स समूहको १.०७ प्रतिशथ र होटल तथा पर्यटन समूहको १.५३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया