Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: July 7, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । आज (शुक्रबार) छापावला सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन छापावला सुन प्रतितोला एक लाख १० हजार सात सय रुपैयाँ कायम रहेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख १० हजार ५० सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन प्रतितोला एक लाख १० हजार १५० रुपैयाँ कायम रहेको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । आज प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ खरिद बिक्री भएको छ । अघिल्लो दिन १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया