Pura Samachar

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

प्रकाशित: July 8, 2023
पूरा समाचार

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं । पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना-६, कालीखोला पुल नजिक शनिबार अपराह्न पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरोका कारण सडक दुईतर्फी नै अवरुद्ध भएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ ।

पहिरो हटाउन थालिएको सडक डिभिजन कार्यालय, भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले बताए । पहिरो पन्छाएर सडक सञ्चालन गर्न समय लाग्ने शाहको भनाइ छ ।

प्रतिक्रिया