Pura Samachar

सुनको मूल्य वृद्धि

प्रकाशित: July 9, 2023
पूरा समाचार

सुनको मूल्य वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन अर्थात गत शुक्रबार १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको भाउ १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यस्तै, आजका लागि तेजावी सुनको मूल्य भने १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले वृद्धि भई १ हजार ३९५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया