Pura Samachar

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ

प्रकाशित: July 9, 2023
पूरा समाचार

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

सरकारी जग्गा हिनामिना आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सूचना तथा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको हो ।

सीआईबीले आजै तत्कालीन नापी कार्यालय काठमाडौँबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षकध्रुव प्रसाद अर्याल र समरजङ्ग कम्पनीका प्रमुख लोकहरि घिमिरेलाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया