Pura Samachar

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित: July 10, 2023
पूरा समाचार

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ। साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला ७ सय रूपैयाँले बढेको सुनको मूल्य दोस्राे दिन स्थिर रहेको हो।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार तीन सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार सात सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

आइतबार तोलाको एक हजार ३ सय ९५ रूपैयाँ तोकिएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रतिक्रिया