Pura Samachar

नेपाली राष्ट्रिय महिला फुटबल टोली आज ब्रगलादेश जाँदै

प्रकाशित: July 11, 2023
पूरा समाचार

नेपाली राष्ट्रिय महिला फुटबल टोली आज ब्रगलादेश जाँदै

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोली आज ब्रगलादेश जाँदैछ।

बंगलादेशविरुद्धको दुई मैत्रिपूर्ण खेलका नेपाल आज बंगलादेश जान लागेको हो। असोज पहिलो सातादेखि हुने १९औं एसियाली खेलकुदको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रिपूर्ण खेल्न लागेको हो।

पहिलो मैत्रिपूर्ण बिहीबार र दोस्रो खेल आइतबार हुनेछ। दुवै खेल ढाकामा हुनेछन्। १० महिना पहिले भएको महिला साफ च्याम्पियनसिपपछि नेपाल र बंगलादेशबीच खेल हुन लागेको हो। साफको फाइनलमा नेपाललाई बंगलादेशले ३(१ गोलले हराउँदै उपाधि जितेको थियो।

अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार बंगलादेश जाने २३ सदस्यीय टिमको बिदाइ गरेको छ। प्रशिक्षक नन्त राज थापाले एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेका छन्। टोलीमा तीन खेलाडीले पुनरागमन गरेका छन् । चोटका कारण यसअघि टिममा नरहेका गिता राना, अन्जली कुमारी वाइबा प्रिती राईले मैत्रिपूर्ण खेल्नेछन्।

एसियाडको तयारी स्वरुप भनिएको मैत्रिपूर्णमा थापाको प्रशिक्षणमा टिम रहे पनि एसियाडका लागि भने राष्ट्रिय खेलकुद परिषदले बाल गोपाल महर्जनलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ।

अहिलेसम्म एसियाडमा थापा वा महर्जन को प्रशिक्षक रहने भन्ने टुंगो भने लागेको छैन।

प्रतिक्रिया