Pura Samachar

सुनको मूल्यवृद्धि

प्रकाशित: July 13, 2023
पूरा समाचार

सुनको मूल्यवृद्धि

काठमाडौं । सुनको मूल्य एकै दिनमा प्रतितोला आठ सय रुपैयाँले वृद्धि भएको छ ।

साताको पाँचौ कारोबारको दिन छपावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन (मंगलबार) प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख ११ हजार ८५० सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँ कायम रहेको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन १ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया