Pura Samachar

भारत वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको पहिलो दिन बुधबार बलियो स्थितिमा

प्रकाशित: July 13, 2023
पूरा समाचार

भारत वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको पहिलो दिन बुधबार बलियो स्थितिमा

रोसेउ, डोमिनिक — रविचन्द्रन आश्विनले पाँच विकेट लिँदै घातक बलिङ गरेपछि भारत वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको पहिलो दिन बुधबार बलियो स्थितिमा पुगेको छ । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज १ सय ५० रनमा अलआउट भएको थियो ।

त्यसको जवाफमा भारतले बिनाविकेटको क्षति ८० रन बनाएको छ र ७० रनले मात्र पछाडि छ । गत महिना अस्ट्रेलियाविरुद्धको वर्ल्ड टेस्ट च्याम्पियनसिपमा खेल्न नपाएका ३६ वर्षीय आश्विनले २४.३ ओभरमा ६० रन मात्र खर्चेर र पाँच विकेट लिए ।

उनलाई अर्का स्पिनर रवीन्द्र जडेजाले बलियो साथ दिँदै २६ रनमा तीन विकेट लिए । वेस्ट इन्डिजका लागि डेब्यु गरिरहेका एलिक अथान्जले सर्वाधिक ४७ रन बनाए ।

भारतका लागि भने कप्तान रोहित शर्मा ३० र डेब्यु गरिरहेको यशस्वी जयसवाल ४० रन बनाएर खेलिरहेका छन् ।

प्रतिक्रिया