काठमाडौं । साताको अन्तिम कारोबारको दिन बजार दोहोरो अकंले घटेको छ । हिजो सुधार देखिएको बजार आज फेरी घटेको हो । यो साताभरी बजारमा उताप चडाब देखा पर्यो ।
असार मसान्तको प्रभावले बजारलाई माथि उठ्न सकस भएको देखिन्छ । सेयर बजारलाई असर गर्ने मुख्य कारण भनेको नै बैंक तथा वित्तीय संस्थाको ब्याजदर हो । अन्तर बैंक कारोबारको ब्याजदर १ प्रतिशतभन्दा तल झरेको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता बढेसंगै अन्तर बैंक कारोबारको ब्याजदर पनि झन् झन् घट्दै गएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार हाल अन्तर बैंक ब्याजदर शून्य दशमलव ९० प्रतिशतको बिन्दुमा झरेको छ । यो मंगलबारसम्मको तथ्याङ्क हो । विशेषगरि बैंकहरुमा तरलता सहज हुँदै गएपछि नै यस्तो ब्याजदर घट्न पुगेको हो । सोसँगै सेयर बजारमा साउन पछि सुधार आउन लगानीकर्ताको आंकलन छ ।
अहिले राष्ट्र बैंकले मौद्रिक नीति पनि अर्का साता भित्र ल्याउने तयारी गरी मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा १२ करोडको सीमा र जोखिमभार १५० प्रतिशत कायम गरिएको प्रावधानमा राष्ट्र बैंकले खुकुलो बनायो भने बजारले लय समात्ने आंकलन भइरहेको छ । अब बजार मौद्रिक नीति पछि उछाल आउने एक लगानीकर्ताले बताए ।
बजार खुलेको ११ मिनेट मै २१२० बिन्दुमा पुगेको बजार बन्द हुनेबेलासम्म फेरी २ हजार तल नै आएको हो । बजार १२.६२ अकंले घटेर २०८४.९३ बिन्दुमा बन्द भएको छ । आज ९३ लाख ८२ हजार ४४० कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ३९ करोड ६लाख ६० हजार रुपैयाँको कारोबार भएको छ ।
आज १० उपसूचक राताम्य बनेका छन् । बिहिबार बैंकिङ समूहको ०.३१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१९ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.५५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया